Logo

डीआईजी मनोज केसीको सरुवाबारे राप्रपाले माग्यो सरकारसँग जवाफ



काठमाडौं । राप्रपाका सांसद धवल समशेर जबराले नेपाली सेनाका रथी अशोक सिग्देलको जन्ममिति विवादबारे छानबिन गर्न माग गरेका छन् । आइतबार बसेको सदनको बैठकमा सांसद राणाले सेनाजस्तो गौरवमय इतिहास बोकेको संस्थामा विभिन्न विवाद आउनु लज्जाजनक भएको बताउँदै यसबारेमा सत्यतथ्य छानबिन गर्न माग गरे ।

सांसद राणाले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गरिरहेका डीआईजी मनोज केसीको २ महिनामा नै सरुवा गरिएकोबारे सरकारसँग जवाफ माग गरेका छन् । बल्लबल्ल केही व्यक्तिहरुलई कानूनको कठघरामा ल्याउने काम भईरहेको थियो । तर, अहिले २ महिनाभित्र सरुवा गर्नुको रहस्य के होला । गृहमन्त्रीज्यूले यसबारेमा जवाफ दिनुपर्यो । म भ्रष्टाचार गर्दिन र गर्नपनि दिन्न भनेर प्रधानमन्त्रीज्यूले यहि सदनमा भन्नु भएको छ । यसबारेमा हामी विपक्षी वेञ्चमा बसेर गम्भीर भएर हेरिरहेका छौं । हामी सांसदहरु वाचडगको रुपमा सदनमा छौं । यस विषयमा सरकारले गम्भीर भएर सोचोस्’

सरकारले केही दिनअधि डीआईजी केसीलाई सरुवा गरेको थियो । केसी उनै प्रहरी अधिकृत हुन, जसले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्दामा संलग्न बेचन झालाई पक्राउ गरेका थिए ।

डिआइजी केसीले झामात्रै नभएर पूर्वगृहमन्त्री एवम् एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का छोरा प्रतीकलाई पनि पक्राउ गरेका थिए । झा र थापा पक्राउपछि नेपाली राजनीति तरंगित बनेको थियो ।

केसीको सरुवा दुई महिनापनि नपुगी भएको छ । उनलाई विशेष ब्युरोमा खटाएको दुई महिना नपुग्दै अहिले गृहमन्त्रालयले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सुरुवा गरेको छ । केसीको ठाउँमा डिआइजी राजन अधिकारीलाई ल्याईएको छ ।



प्रतिक्रिया दिनुहोस्