Logo

प्रधानमन्त्री ओलीलाई मेटमणिको प्रश्न: १ अर्ब ५६ करोड लगानी गरेको दमक भ्यूटावरबाट नागरिकले के पाए ?



काठमाडौं,१३ साउन । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत महसुल नतिर्ने उद्योगीको पक्ष लिएको भन्दै आपत्ति जनाएका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्व मन्त्रीसमेत रहेका सांसद चौधरीले प्रधानमन्त्रीले साउन ७ गते सदनमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा उपभोग नगरेको विद्युतको महसुल किन तिर्ने भन्दै उद्योगीको बचाउन गरेको आरोप लगाए ।

‘उहाँले गौरवका साथ भन्नुभयो । पैसा कमाएपछि तिरिहाल्छन् नी । उहाँको कारण आज काटिएको उद्योगको लाइन जोडिएको छ । जबकी जगदम्बा स्टिलले १२.६, रिलायन्सले ३१.५, हुलासले ६.७५, जगदम्बा सिमेन्टले ४.०६ र अर्घाखाँची सिमेन्टले १३.५ र घोराही सिमेन्टले २७ मेगावट विजुली उपभोग गरिरहेका छन् । उनीहरुले एकमुष्टमा ८ अर्वभन्दा धेरै रकम बक्यौता देखिन्छ’ उनले भने ।

सांसद चौधरीले कमाएपछि तिरन्छ भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिबारे आपत्ति जनाउँदै ओलीकै निर्वाचन क्षेत्रका सतार, सन्थाल झाँगडलगायतका विपन्न समूदायका नागरिकमा त्यो कुरा लागू नभएको बताए । ‘के त्यहाँको हकमा पनि पैसा कमाएपछि तिरिहालिन्छ नि भन्ने कुरा लागू हुन्छ ?’उनले प्रश्न गरे । ‘एक हजार रुपैंया नभएर जनताहरु अन्धकारमा बाँचन बाध्य भएका छन् । तर, १ अर्ब ६० करोड पैसा नर्तिनेलाई कारबाही नहुने यो कस्तो सुशासन हो’ ।

सांसद चौधरीले ओली प्रधानमन्त्री हुँदा अघिल्लो सरकारमा देशभर काम नलाग्ने भ्यू टावर बनाईको भन्दै प्रश्न गरे । ‘प्रधानमन्त्री राष्ट्रिय अभिभावकको भूमिकामा हुनुपर्छ । राष्ट्रिय परियोजना भनेको नाफारहित आत्मनिर्भरमूखि हुनपर्ने हो । तर, हालसम्म हाम्रा परियोजनाहरु सेटिङ र कमिसनको आक्रान्त खेलबाट बाहिर आउन सकेका छैनन् । दमक भ्यूटावरलाई १ अर्ब ५६ करोड लगानी गरियो । त्यसबाट नागरिकले के पाए’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्