Logo

सभापोखरी मेलामा सहभागी हुन प्रधानमन्त्री ओलीलाई निमन्त्रणा



काठमाडौं, १३ साउन । संखुवासभाको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थलमा सभापोखरी मेलामा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीलाई निमन्त्रणा गरिएको छ। साउन २५ गतेदेखि भाद्र ३ गतेसम्म आयोजना हुने धार्मिक पर्यटकीय मेलामा सहभागी हुन प्रधानमन्त्री ओलीलाई निमन्त्रणा दिइएको हो।

संखुवासभा जिल्ला सभापोखरी गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थलमा आगामी साउन २५ गतेदेखि भदौ ३ गतेसम्म आयोजना हुने धार्मिक पर्यटकीय मेलामा प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरिएको सभापोखरी धार्मिक एवं पर्यटकीय स्थल संरक्षण समितिका सचिव रविनकुमार कालाखेतीले बताए। उक्त निमन्त्रणालाई प्रधानमन्त्री ओलीले सकारात्मक रुपमा लिएका छन्।

धार्मिक एवं पर्यटकीय स्थल सभापोखरीमा हुन लागेको मेलालाई सफल पार्न संखुवासभाबाट काठमाडौंमा टोली नै आएको छ। उक्त टोलीले प्रधानमन्त्री ओलीसहितका विभिन्न विशिष्ट व्यक्तिलाई सभापोखरी मेलामा आमन्त्रण गरेको हो।



प्रतिक्रिया दिनुहोस्