Logo

भ्रष्टाचार मुद्दाका अभियुक्त निलम्बित मुख्यसचिव अर्याल धरौटीमा रिहा



काठमाडौं, १३ साउन । भ्रष्टाचार मुद्दाका अभियुक्त निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा भएका छन् । आज (आइतबार) उनलाई विशेष अदालतले ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अर्याललाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

गत असार ९ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निलम्बित मुख्यसचिव अर्यालसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उनीहरुले सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्क स्टिकर छपाइका क्रममा अनियमितता गरेको अख्तियारको आरोप छ । उक्त प्रकरणमा ३८ करोड रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्