Logo

प्रचण्डले संविधान र व्यवस्थाकै बदनाम हुने काम गर्न थालेपछि कांग्रेस-एमालेको सरकार बन्योः सहमहामन्त्री यादव



काठमाडौं, १४ साउन । नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र राय यादवले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारले संविधान र संघीय लोकतान्त्रिक व्यवस्थाकै बदनाम गर्न खोजेको टिप्पणी गरेका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले संविधान र व्यवस्थाकै बदनाम गराउन खोजेपछि कांग्रेस–एमाले मिलेर सरकार बनाएको दाबी गरेका हुन् ।

‘प्रचण्डको नेतृत्वको गठबन्धनले वर्तमान संविधान र संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई नै बदनामा गर्ने खालको काम गर्न थाल्यो । जनतामा वितृष्णा फैलाउने कामहरु भयो,’– उनले भने ।

नेता यादवले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमाले–कांग्रेस गठबन्धन सरकार संविधान र लोकतान्त्रिक व्यवस्थाप्रति प्रतिवद्ध रहेको पनि उनले बताए । ‘हामी लोकतन्त्रप्रति प्रतिवद्ध छौं । अहिलेको संविधानप्रति प्रतिपद्ध छौं । धेरै संघर्ष गरेर, दुःख गरेर, जेल, नेल भोगेर ल्याएको यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था हाम्रो पहिलो प्राथमिकता हो । यसैमाथि आँच आयो भने हामी रहन सक्दैनौं, नेपाली कांग्रेस रहन सक्दैन,’– उनले भने ।

वर्तमान सरकारले जनतामा रहेको वितृष्णा चिरेर जनतामा आशा र भरोसा जगाउन सक्नुपर्ने उनले बताए । एमाले र कांग्रेस संघीय लोकतान्त्रिक व्यवस्था र संविधानप्रति प्रतिवद्ध रहेको उनले बताए । साथै, संविधान ल्याउन पनि कांग्रेस–एमालेकै ठूलो भूमिका रहेको उनले बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्