Logo

संसदीय छानबिन विशेष समितिको बैठक जारी, गृहमन्त्री, सचिव र आईजीपी पनि उपस्थित



काठमाडौं । सहकारीको रकम अन्यन्त्र लगाई अपचलन गरेकोबारे छानबिन गर्न गठित संसदीय छानबिन समितिको बैठक जारी छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा केहीबेर अघिबाट बैठक सुरु भएको हो ।

समितिको आजको बैठकमा गृहमन्त्री रमेश लेखक, प्रहरीका आइजीपी बसन्तबहादुर कुँवर र गृहसचिव एकनारायण अर्याल पनि उपस्थित भएका छन् ।

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले पीडित लगायत विभिन्न सरोकारवाला निकायहरूसँग छलफल गरिरहेको छ।

सरकारले तीन महिनाको समय दिएर ७ सदस्यीय छानबिन समिति बनाएको छ । समितिमा एमाले सांसद सूर्य थापा सभापति र अन्य ६ जना सदस्य छन् । समितिले भदौं १५ भित्र सरकारलाई आफ्नो प्रतिवेदन पेश गर्नुपर्नेछ ।



प्रतिक्रिया दिनुहोस्