Logo

अमेरिकामा गोली हानेर नेपाली युवकको हत्या भएकोबारे सत्यतथ्य छानबिन गर्न जनमतको माग



काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खानले अमेरिकामा गोली हानेर नेपाली युवकको हत्या भएकोबारे छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै पूर्व मन्त्रीसमेत रहेका खानले अमेरिकाको टेक्ससमा लुटेराहरूको समूहले नेपाली युवकको हत्या भएको बताएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार टेक्ससको वेको सिटीनजिक हाइवे–३५ स्थित ग्यास स्टेसनमा काम गर्ने ३० वर्षीय दीपक ओलीको हत्या गरिएको बताईएको छ ।

नेपाल ठेगाना रुकुम बाफीकोट भएका ओलीलाई तीन जना लुटेराको समूहले त्यहाँको समयअनुसार बिहान ५ बजे गोली हानेर मारेको हो। घटनाबारे पीडित परिवारलाई जानकारी गराइएको र विस्तृत अनुसन्धान भइरहेको स्थानीय अधिकारीले जनाएका छन्।

सांसद खानले यसबारेमा नेपाल सरकारले पनि आवश्यक छानबिन गर्न र पीडितका परिवारलाई उचित क्षतिपूर्ती दिलाउन माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्