Logo

कृषि समितिको सभापतिमा कांग्रेसकी थापा निर्विरोध निर्वाचित



काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद कुसुम थापामगरको एकल उम्मेदवारी दर्ता परेको छ ।

संसदीय समितिअन्तर्गतको उक्त समितिको सभापतिका लागि सांसद थापामगरको प्रस्तावकमा कांग्रेस सांसद बीरबहादुर बलायर र समर्थकमा एमाले सांसद सूर्यप्रसाद ढकाल रहेका छन् ।

समिति सभापति डा। आरजु राणा देउवा परराष्ट्रमन्त्री भएपछि कृषि समितिका लागि नयाँ सभापति चयनको प्रक्रिया अघि बढेको छ ।

एकल रुपमा उम्मेदवारी परेपछि सांसद थापा निर्विरोध सभापति चयन भएकी छन् । यद्यपी यसबारे आजै बस्ने समितिको बैठकले निर्विरोध चयन भएको घोषणा गर्नेछ । कांग्रेसमा समानुपातिकतर्फबाट सांसद चुनिएकी थापा पार्टी महामन्त्री गगन थापानिकट मानिन्छिन् ।



प्रतिक्रिया दिनुहोस्