Logo

उद्धव र केदारबाहेक कोशी कांग्रेसका सबै सांसदको मन्त्री बन्ने इच्छा, बनाइयो यस्तो मापदण्ड



काठमाडौं,१५ साउन । कोशी प्रदेश सरकारमा सहभागी हुन लागेको नेपाली कांग्रेसले मन्त्री छान्न मापदण्ड बनाएको छ ।

विराटनगरमा बसेको कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम छान्न नसकेपछि जातीयता, लैङ्गिकता, भौगोलिकता र कार्यक्षमताका आधारमा मन्त्री छान्न केन्द्रलाई सिफारिस गरेको हो ।

प्रदेशसभामा रहेका २९ मध्ये अधिकांश प्रदेश सभा सदस्यहरू मन्त्री बन्ने दौडमा लागेपछि प्रदेश समितिले मन्त्री बनाउनेको मापदण्ड बनाएको हो ।

कोशीमा कांग्रेसका २९ जना सांसद छन् । जसमा पूर्व मुख्यमन्त्रीद्धय उद्धव थापा र केदार कार्कीबाहेक सबैले मन्त्री बन्ने इच्छा राखेका छन् । यद्यपी हिक्म्त कार्की नेतृत्वको प्रदेश सरकारमा कांग्रेसले ४ मन्त्री र २ जना राज्यमन्त्री पाउनेछ । कांग्रेसले पाउने ४ मन्त्रीमध्ये सभापति शेरबहादुर देउवा पक्षलाई २ तथा नेताहरु शेखर कोइराला र कृष्ण सिटौला पक्षलाई समान १-१ मन्त्री दिने तयारी कांग्रेसको छ ।

देउवा समूहबाट दलका उपनेता हिमाल कार्की, पूर्वमन्त्री प्रदिपकुमार सुनुवार र सांसद खगेनसिं हाङ्गाम छन् । शेखर कोइराला गुटबाट भने मोरङका मानबहादुर लिम्बू, उदयपुरका रामकुमार खत्री र इलामका गोविन्द गिरीमध्ये मन्त्री बन्ने चर्चा छ । लिम्बू कोइराला गुटको पनि सुनिल शर्मा समूहका नेता हुन् । उदयपुरका खत्री भने यसअघि दुई पटक मन्त्री बनेका छन् ।

यस्तै नेता सिटौला समूहबाट मन्त्री बन्ने लाइनमा कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका विराटनगर महानगरपालिकाका पूर्वप्रमुख भीम पराजुली र खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका पूर्वअध्यक्ष समेत रहेका भुपेन्द्र राई छन् । दुई जनामध्ये एक जनालाई सिटौलाले मन्त्री बनाउने चर्चा छ ।

यस्ते २ जना राज्यमन्त्रीका लागि इन्दिरा थापासहित सोलुखुम्बुकी डोल्मा तामाङ, मोरङकी शोभा चेम्जोङ, पाँचथरकी मैया श्रेष्ठलगायतले दाबी गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्