Logo

बागमतीका मुख्यमन्त्रीलाई राप्रपाले विश्वासको मत नदिने



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई राप्रपाले विश्वासको मत नदिने भएको छ ।

आज बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री लामाले राखेको विश्वासको मत सम्बन्धिको प्रस्तावमा भएको छलफलमा बोल्दै राप्रपाका संसदीय दलका नेता उद्धव थापाले सरकारको गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने बताउँदै हाललाई विश्वासको मत दिन नसकिने जानकारी गराए ।

नेपाली कांग्रेस र एमालेको समर्थनमा लामा गत साता बागमतीमा मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेश सभामा यी दुई दलको प्रष्ट बहुमत रहेको हुँदा लामाले विश्वासको मत पाउने निश्चितजस्तै छ ।



प्रतिक्रिया दिनुहोस्