Logo

पशुपतिमा कोटीहोम महायज्ञ जारी, भोलिदेखि डा.कान्ता भट्टराई र देवी चन्द्रकला सखीबाट कथा वाचन हुने



काठमाडौं, १५ साउन । पशुपति क्षेत्र, (वनकाली) हंसमण्डप, काठमाडौंमा कोटीहोम नेपाल माहात्म्य तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ २०८१ जारी छ । मानव सेवा फाउण्डेसन, नेपाललगायतका संस्थाद्वारा आयोजना गरिएको कोटीहोम महात्म्य तथा महायज्ञ गत साउन १ गतेबाट सुरु भएको थियो । महायज्ञ आगामी साउन ३२ गतेसम्म जारी रहने छ ।

कोटिहोम महायज्ञमा साउन १६ (भोलि) देखि २४ गतेसम्म विहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म देवी भागवत वाचिका डा.कान्ता भट्टराईको मुखारविन्दबाट श्रीमद् देवी भागवत कथा वाचन हुने छ । त्यस्तै, दिउँसो २ बजेदेखि साझ ७ बजेसम्म देवी चन्द्रकला सखीको मुखारविन्दबाट श्री राम कथा वाचन हुने बताइएको छ ।

अनाथ तथा आधारभूत आवश्यकताबाट वञ्चित बालबालिकाहरुलाई निःशुल्क रुपमा गास, वास, कपास, स्वास्थ्य र शिक्षा प्रदान गर्दै आइरहेको नेपालकै नमुना मामाघर अनाथालय आश्रम, ललितपुर र बेसहारा, पिडित, दुखी, गरिव र आधारभूत आवश्यकताबाट वञ्चित ज्येष्ठ नागरिकहरुलाई निःशुल्क रुपमा गास, वास, कपास र स्वास्थ्य प्रदान गर्दै आइरहेको छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणसँगै राष्ट्र शान्ति, विश्व कल्याण एवं गौरक्षार्थ महायज्ञ आयोजना गरिएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्