Logo

रविले गृहमन्त्री हुँदा सरुवा बढुवामा पैसा खाएको मुकुलको आरोप, मोहन र गोमामार्फत लेनदेन अमेरिकामा (भिडियोसहित)



काठमाडौं, १६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका निष्काशित महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेले गृहमन्त्री हुँदा सरुवा बढुवामा पैसा खाएको आरोप लगाएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले तत्कालीन गृहमन्त्री लामिछानेले १ नम्बरको मान्छेलाई नभइ ५ नम्बरको मान्छेलाई बढुवा दिएर अमेरिकामा पैसाको लेनदेन गरेको आरोप लगाएका हुन् ।

ृउनले रास्वपाका दुई जना केन्द्रीय सदस्यहरु मोहनजंग थापा र गोमा क्षेत्री अमेरिकामा रहेको र उनीहरुले उता पैसा बुझेर पठाउने गरेको बताए । निश्काशित महामन्त्री ढकालले अमेरिकामा रहेकी गोमाले महिनामा दुई लाख ५० हजार पार्टीलाई पठाउने गरेको बताए ।

‘एक नम्बरको मान्छे बढुवा नभई जब ५ नम्बरको मान्छे बढुवा हुन्छ, त्यो भष्टाचार भएको मान्नुपर्छ । नत्र १ नम्बरको मान्छे नभएर ५ नम्बरको मान्छे बढुवा हुनुको आधार के ? लेनदेन थियो । यो लेनदेन नेपालमा हुँदैन । अमेरिकामा हुन्छ । अमेरिकामा रास्वपाका मोहनजंग थापा र गोमा क्षेत्री भन्ने दुई जना केन्द्रीय सदस्य हुनुहुन्छ । गोमा क्षेत्रीको नामबाट प्रत्येक महिना अढाइ लाखको दरले पार्टीलाई पैसा पनि आउँछ । यो लेनदेन अमेरिकामा हुन्छ, लेनदेन यहाँबाट प्रमाणीकरण हुँदैन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्