Logo

एकीकृत समाजवादीको बैठक जारी,केन्द्रीय कमिटी र पदाधिकारीको टुंगो लाग्ला ?



काठमाडौं,१६ साउन । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजेपछि बैठकसुरु भएको हो ।

आजको बैठकले समावेशिताको अनुपात र संख्याअन्तर्गत दलित, आदिवासी जनजाति र खुला समूह निर्धारण गरी केन्द्रीय कमिटीलाई पूर्णता दिने जनाइएको छ ।

बैठमान विधानअनुसार छुट्टाइएको क्लष्टरका आधारमा कमिटीको आकार थप गर्ने विषयमा बैठकमा छलफल हुने एक नेताले बताए । हाल विधानअनुसार दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था रहेकामा तीन सय २९ सदस्यीय कार्यसमिति विस्तार तयारी रहेको छ ।

आकांक्षी धेरै भएपछि केन्द्रीय सदस्य टुंग्याउन सकस देखिएको जनाउँदै उनले सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र सक्षमताको मूल्यांकन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनित गर्ने, कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्नेलगायतका विषयमा छलफल हुने जानकारी दिए ।

गत महिना महाधिवेशन गरेको एसले २ जना पदाधिकारीमात्र चयन गरेको थियो । भने केन्द्रीय कमिटी पनि ९३ जनामात्र चयन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्