Logo

वर्तमान गठबन्धन सरकार अर्को निर्वाचनसम्म नै अगाडि बढ्नेमा शंका, उपशंका छः उदय शमशेर जबरा (भिडिओसहित)



काठमाडौं, १७ साउन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य उदय शमशेर जबराले वर्तमान सत्ता गठबन्धनको सरकार आगामी निर्वाचनसम्म नै अगाडि बढ्ने दाबी गरेका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कका नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सत्ता गठबन्धन अगाडि बढ्नुको विकल्प नै नरहेको बताए ।

कांग्रेस–एमालेसहितको गठबन्धन आगामी निर्वाचनसम्म नै अगाडि जानेमा शंका, उपशंका रहेको बताउँदै उनले त्यसलाई मेटेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए । ‘वर्तमान गठबन्धन सरकार अर्को निर्वाचनसम्म नै अगाडि बढ्छ । त्यसमा पनि शंका, उपशंका छ, त्यो मेटेर हामी अगाडि बढ्नुपर्छ । किनभने हामीसँग अरु विकल्प देखिएन,’– नेता जबराले भने ।

नेता जबराले राजनीतिक र आर्थिक स्थिरता दिनका लागि वर्तमान सरकार गठन भएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्