काठमाडौं, १७ साउन । काठमाडौं उपत्यका मेयर्स फोरमले उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई भेटेर विभिन्न मागहरु राखेको छ । आज (बिहीबार) मयेर्स फोरमका पदाधिकारीहरुले मन्त्री सिंहलाई भेटेर उपत्यकाको फोहोर व्यवस्थापन, स्मार्ट सिटीको नाममा रोक्का रहेको जग्गा फुकुवालगायतका मागहरु राखेका हुन् ।
त्यस्तै, सडक बत्तीको बील भुक्तानीको सन्दर्भमा पनि मन्त्री श्रेष्ठको ध्यानाकार्षण गराइएको छ । मेयर्स फोरमको उक्त कार्यक्रममा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह भने सहभागी भएनन् । उनले लामो समयदेखि मेयर्स फोरमको बैठकलगायत गतिविधिहरु बहिस्कार गर्दै आएका छन् ।