Logo

नेम्वाङको निधनपछि रिक्त एमालेको उपाध्यक्षमा गुरु बराल मनोनीत



काठमाडौं,१७ साउन । नेकपा एमालेको रिक्त उपाध्यक्ष पदमा गुरु बराल मनोनीत भएका छन् ।

एमालेको आज काठमाडौंको बसेरा होटलमा बसेको पदाधिकारी बैठकले बराललाई उपाध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको हो । तत्कालीनउ पाध्यक्ष सुवासचन्द्र नेम्वाङको ०८० भदौ २६ गते निधन भएपछि सो पद रिक्त थियो ।

एमाले बागमती प्रदेश इन्चार्ज रहेका बराल प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छन् ।



प्रतिक्रिया दिनुहोस्