Logo

एमालेले तोक्यो सातै प्रदेशमा इन्चार्ज, को कहाँ ?



काठमाडौं,१७ साउन । नेकपा एमालेले सातै प्रदेशमा इन्चार्ज तोकेको छ ।

एमालेको आज काठमाडौंको बसेरा होटलमा बसेको सचिवालय बैठकले सातै प्रदेशमा इन्चार्ज तोकेको बैठकपछि महासचिव शंकर पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार कोशी प्रदेशमा शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, वाग्मतीमा राजन भट्टराईलाई जिम्मा दिइएको छ । त्यस्तै, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएका छन् ।



प्रतिक्रिया दिनुहोस्