Logo

महेश बर्तौलासहित १७ जना एमाले केन्द्रीय सदस्यमा मनोनीत (सूचीसहित)



काठमाडौं,१७ साउन । नेकपा एमालेले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

एमालेको आज काठमाडौंको बसेरा होटलमा बसेको सचिवालय बैठकले मुख्य सचेतकसमेत रहेका सांसद महेश बर्तौलासहित १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

उनका अनुसार बर्तौलासहित सुवास कर्मचार्य, कुन्दन कुसवाह, जितेन्द्र देव, रामप्रित राम, कृष्णभक्त पोखरेल, कमलकृष्ण तिमिल्सिना, गोविन्द पुन, केदार सिग्देल, मनमोहन पौडेल, भरदेव जोशी, हरि उप्रेती, ईन्द्र भण्डारी, सरिता भुसाल, प्रभा बराल, मञ्जु शर्मा चालिसे, आशा जवेगुलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय भएको छ।

केन्द्रीय सदस्यमा मनोनीत हुने देव र चालिसे नेपाली कांग्रेस छाडेर एमाले प्रवेश गरेका नेता हुन् । चालिसे बाग्लुङबाट गत सालको प्रतिनिधि सभा निर्वाचन अघि एमालेमा प्रवेश गरेकी थिईन् भने देव गत महिना एमाले प्रवेश गरेका हुन् । त्यस्तै कर्मचार्य नेकपा एकीकृत समाजवादीबाट पुर्न एमालेमा फर्किएका नेता हुन् । उप्रेती निवर्तमान रक्षामन्त्री हुन् ।

त्यस्तै बैठकले सातै प्रदेशमा इन्चार्ज पनि तोकेको छ । पोखरेलका अनुसार कोशी प्रदेशमा शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, वाग्मतीमा राजन भट्टराईलाई जिम्मा दिइएको छ । गण्डकीमा किरण गुरुङ त्यस्तै, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएका छन् ।



प्रतिक्रिया दिनुहोस्