Logo

सरकारलाई संसदीय समितिको निर्देशनः आशयपत्र प्राप्त गरेका नर्सिङ कलेजलाई सम्बन्धन दिनु’



काठमाडौं, १७ साउन । प्रतिनिधि सभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले मापदण्ड पूरा गरेर अगाडि बढेका नर्सिङ कलेजलाई सम्बन्धन दिन सरकारलाई निर्देशन दिइको छ ।

आज (बिहीबार) बसेको बैठकले चिकित्सा शिक्षा आयोगबाट आशयपत्र प्राप्त गरेका नर्सिङ कलेजहरुलाई सम्बन्धन दिन भनेको हो । आयोगबाट आशयपत्र प्राप्त गरेका २२ वटा नर्सिङ कलेज रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्