Logo

मुख्यमन्त्री सोडारी पदमुक्त हुने अघिल्लो दिन मन्त्री चौधरीले बुझाए राजीनामा



काठमाडौं, १७ साउन । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कैलाश चौधरीले पदबाट राजीनामा दिएका छन् । मन्त्री चौधरीले मुख्यमन्त्री दीर्घबहादुर सोडारीसमक्ष स्वकीय सचिवमार्फत राजीनामा बुझाएका हुन् ।

नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका चौधरीले मुख्यमन्त्री सोडारी पदमुक्त हुनुअवागै राजीनामा बुझाएर सरकारबाट बाहिरिएका हुन् । गत सोडारीले वैशाख ६ गते मुख्यमन्त्रीको शपथ लिएका थिए । सरकारमा सहभागी दल नेकपा (एमाले) ले समर्थन फिर्ता लिँदा उनी गत असार २० गतेदेखि अल्मतमा छन् ।

संवैधानिक व्यवस्थाअनुसार उनले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । उनले विश्वासको मत लिने भोलि अन्तिम दिन हो । प्रदेश सभामा भोलि मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्यसूची रहेको छ । तर, उनले विश्वासको मत नपाउने निश्चित छ ।



प्रतिक्रिया दिनुहोस्