Logo

कर्णाली सरकारमा सहभागी हुँदै कांग्रेस, को-को बन्दैछन् मन्त्री ?



काठमाडौं,१८ साउन । नेकपा माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएको दुई सातापछि नेपाली कांग्रेस आज कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ ।

मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको प्रदेश सरकारमा कांग्रेस ४ मन्त्रीसहित आज सरकारमा जान लागेको हो । नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशीले बिहीबार राष्ट्र«पतिबाट शपथ लिएर आज सुर्खेत जाँदैछन् । प्रदेश प्रमुखको कार्यालयका अनुसार बिहान ९ बजेपछि नयाँ प्रदेश प्रमुखको पदभार ग्रहण कार्यक्रम रहेको छ ।

जोशीले पदभार ग्रहण गरेलगत्तै कांग्रैस सरकारमा सामेल हुने नेताहरुले बताएका छन् । कांग्रेसबाट राजीव विक्रम शाहको नेतृत्वमा घनश्याम भण्डारी, सुरेश अधिकारी र विजया बुढा मन्त्री बन्ने सम्भावना छ । यद्यपी यो सूची परिवर्तन हुने सम्भावना पनि रहेको नेताहरुले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्