Logo

सरिता साहको नेतृत्वमा १०१ सदस्यीय आम सांस्कृतिक मोर्चा गठन, को-को बने सदस्य ? (सूचीसहित)



काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम सांस्कृतिक मोर्चाको राष्ट्रिय भेलाले सरिता साहको अध्यक्षतामा १०१ जनाको केन्द्रीय कमिटी चयन गरेको छ । काठमाडौंको अनामनगरमा सम्पन्न भेलाले साहको अध्यक्षतामा १०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको हो ।

आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा देशभरीका कलाकारहरुको सहभागिता रहेको थियो । भेलाले विभिन्न महत्वपूर्ण प्रस्ताव समेत पारित गरेको नवनिर्वाचित महासचिव रुद्रनारायण तिवारीले जानकारी दिए ।

मोर्चाको इन्चार्जमा बिजय यादव निर्विज, सहइन्चार्जमा रचना सिवाकोटी र प्रिती पासवान, अध्यक्षमा सरिता साह, उपाध्यक्षमा अर्जुन बिसी, प्रदेश लिम्बु, निर्मल साह र रोशनी राज चयन भएको उनले जानकारी दिए। यस्तै महासचिवमा रुद्रनारायण तिवारी, उपमहासचिवमा विमल साह, सचिवमा दिपलाल यादव, कोषाध्यक्षमा कनक सिंह (ममता), सहसचिवमा सरोज पंडित, मनिषा राई र वीरेन्द्र मुखिया चयन भएका छन् ।

मोर्चाको सदस्यहरुमा बलिराम महतो, सुधा साह, चन्दन पटेल, विनित यादव, नविन सिंह, राजु पटेल, सुरजनारायण झा, मिनु भुजेल, प्रशान्त पासवान, संजु राई, अमृता साह, रिया थापा, काजल उपाध्याय, देवेन्द्र कुशवाहा, विजय साह (अजय), विजय साह, सविता तामाङ, रोजी कार्की, सिमा पासवान, रविन्द्र पटेल, सुभाष तामाङ रहेका छन् ।

यसैगरी विजय गुप्ता, रेबिका अधिकारी, सविता पासवान, चाँदनी पासवान, सुजिता साह, रोशनी यादव, रुपा यादव, मानिस सहनी, राजु यादव, संतोष यादव, धर्मेन्द्र बानिया, बिनित ठाकुर, राकेश साह, धीरेन्द्र यादव, शिला कहार, मोहनजंग कार्की, प्रदिपजंग कार्की, प्रेम परियार, सविन लिम्बू, बुनु राई मानन्धर, सपना श्रष्ठ, साजन राई, सलोनी बाहिनी, सुनिता श्रेष्ठ, मिङ लामा, निर्भिक टुहरे, सजाद लिम्बु, अन्जना सरु, रोशन बालुवा, नन्दु प्रधान, अशोक यादव, दिनेश यादव, किरण सिंह थापा, जयमंगल महतो लगायतका सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी सोही भेलाबाट प्रदेशहरुको इन्चार्ज र अध्यक्षको जिम्मेवारी समेत तोकिएको छ । कोशी प्रदेशको इन्चार्जमा विमल साह र अध्यक्षमा प्रदेश लिम्बु, मधेस प्रदेशमा इन्चार्ज सरिता साह र अध्यक्ष दिपलाल यादव, बागमती प्रदेशमा इन्चार्ज रुद्रनारायण तिवारी र अध्यक्षमा मनिषा राई, लुम्बिनी प्रदेशमा इन्चार्ज रचना सिवाकोटी र अध्यक्षमा बिजय गुप्ता सुदुरपश्चिम प्रदेशको इन्चार्जमा अर्जुन बिसी र अध्यक्षमा धर्मेन्द्र बानिया तथा गण्डकी प्रदेशमा इन्चार्ज प्रिती पासवान र अध्यक्षमा चन्दन पटेल रहेका छन् ।

यस्तै भेलाबाट आम साँस्कृतिक महासंघका बिभिन्न घटक संघहरुको प्रमुख समेत सर्वसम्मतीले चयन गरिएको अध्यक्ष साहले जानकारी गराएकी छन् । आम भाषा तथा लोक साहित्य संघको प्रमुखमा बिनित ठाकुर, आम नृत्य तथा बाद्यवादन संघको प्रमुखमा मनिषा राई, आम नाट्य संघको प्रमुखमा चन्दन पटेल, आम चलचित्रकर्मी संघको प्रमुखमा सरोज पंडित र आम संगीत संघको प्रमुखमा रुद्रनारायण तिवारीलाई जिम्मेवारी तोकिएको छ ।

राष्ट्रिय भेलाले आम प्रगतिशील सांस्कृतिकर्मीहरुलाई एकजुट भएर आफ्नो हक अधिकारका लागि संघर्षमा उत्रिन आह्वान समेत गरेको इन्चार्ज निर्विजले जनाएका छन् । आम कलाकर्मीहरुलाई पेन्सन र बिमाको व्यवस्थाका लागि संघर्ष गर्ने, कलाकर्मीको वर्गीकरण गरेर राज्यबाट योग्यता अनुसारको सुविधा दिलाउँन भेलाले विशेष प्रस्ताव पारित गरेको छ ।

यस्तै आम सांस्कृतिकर्मीको सुरक्षा, समृद्धि र सम्मानका लागि देशभर संगठन विस्तार तथा आफ्ना मागहरुलाई राज्यबाट सम्बोधन गराउँनका लागि संघर्षका कार्यक्रमहरु अभियानको रुपमा अगाडी बढाउँने निर्णय गरेको छ । यस्तै देशैभरीबाट प्रस्तावित फिल्मसिटीहरुको निर्माणको काम अगाडी बढाउँ सरकारसंग माग गर्दै प्रत्येक जिल्लाहरुमा सुविधा सम्पन्न नाटकघर निर्माणका लागि पहल गर्ने निर्णय समेत भेलाले गरेको अध्यक्ष साहले जानकारी दिएकी छन् ।



प्रतिक्रिया दिनुहोस्