Logo

राजनीति चुनावमा उठ्न र भोट हाल्न चाहिने हो, अरुबेला एकतावद्ध भएर अगाडि बढ्नुपर्छः योगेश भट्टराई



काठमाडौं, १९ साउन । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले नेपालको राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन एमाले–कांग्रेस मिलेर सरकार बनाएको दाबी गरेका छन् । आज (शनिबार) ताप्लेजुङ सरोकार केन्द्रद्वारा प्रकाशित ‘ताप्लेजुङ’ पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले मुलुकलाई सही दिशा दिनका लागि कांग्रेस–एमाले गठबन्धनसहितको सरकार बनेको बताएका हुन् । उनले देशलाई धेरै प्रयोगशाला बनाउन हुँदैन भनेर नै ठूला पार्टीहरु एक ठाउँमा उभिएको उनले बताए ।

साथै, उनले कांग्रेस–एमालेलाई प्रमुख प्रतिस्पर्धी दलको रुपमा ब्याख्या गरे । यिनै दुई दल इतिहासको निर्माता पनि भएको नेता भट्टराईले बताए । उनले यो गठबन्धन सरकारको नेतृत्वमा अब देश अग्रगामी दिशामा अगाडि बढ्ने बताए ।

‘नेपालको राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन नेपाली कांग्रेस र एमालेले अग्रसरता लिएता पनि संसद्मा भएका अथवा नभएका राजनीतिक दलहरुलाई एक साथमा लिएर हामी अगाडि बढ्छौं,’– उनले भने ।

साथै, उनले ताप्लेजुङ सरोकार समाजमा आवद्धहरुलाई उनले एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरे । ‘राजनीति भनेको कुरा चुनावमा उठ्न, भोट हाल्न कहिले काहीँ चाहिने हो । अरु बेला चाहिने भनेको एकता हो । हामी थप एकतावद्ध भएर अगाडि जाउँ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्