Logo

बालेनलक्षित विद्यासुन्दरको अभिव्यक्तिः अरूलाई गाली गरेर जस लिने तर काम केही नगर्ने प्रवृत्ति देखियो



काठमाडौं, १९ साउन । काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगरको हैसियत खस्किएको टिप्पणी गरेका छन् । आज (शनिबार) नेपाल खेलकुद महासङ्घ काठमाडौँले आयोजना गरेको बृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले महानगरले हैसियतअनुसारको काम गर्न नसकेको बताए । काम गर्न नसकेकै कारण महानगरको स्थान ९औंबाट १७औं स्थानमा पुगेको बताए ।

महानगर प्रमुख बालेन्द्र शाहतर्फ लक्षित गर्दै उनले अरूलाई गाली गरेर जस लिने तर काम केही पनि नगर्ने प्रवृत्ति देखापरेको बताए । महानगरेको नेतृत्व गर्नेले हैसियतलाई बुझेर काम गर्नुपर्ने उनको भनाइ छ ।

‘काठमाडौँ महानगरपालिकाको हैसियत भनेको नेपाल सरकारले ९ औँ स्थानमा राखेको थियो । अहिले झारेर १७औँ स्थानमा पुगेको छ । हामीले हाम्रो हैसियतअनुसार काम गर्न नसक्दा, नेतृत्वले आफ्नो भूमिका निर्वाह गर्न नसक्दा सरकारले अवमूल्यन गरेर काठमाडौँ महानगरपालिका भन्दा देशभरका सम्पूर्ण मेयर, उपमेयरलाई तल राख्ने काम गरेको छ,’– उनले भने । File Photo



प्रतिक्रिया दिनुहोस्