Logo

परीक्षा प्रणालीको प्राविधिक पक्षहरुमा सुधार गर्नुपर्छ: डिके ढुंगाना



काठमाडौं, १९ साउन । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालमा सञ्चालित कक्षा १२ को परीक्षाको नतीजा सार्वजनिक गरिसकेको छ । परीक्षामा सहभागी नियमिततर्फका कूल ३ लाख ९० हजार ८ सय ६८ विद्यार्थीमा २ लाख ३ हजार ८ सय ४७ विद्यार्थी पास भएका छन् । यसपटकको कक्षा १२ को परीक्षामा कूल १ लाख ८७ हजार विद्यार्थी असफल भएका छन् । कक्षा १२ को रिजल्टमा यस वर्षपनि खास्सै सुधार भएको देखिँदैन । यसै विषयमा रिपोर्टर्स क्लब नेपालले सरोकारवाला निकायहरुसँग आज (शनिबार) साक्षत्कार कार्यक्रम गरेको छ ।

प्याब्सनका अध्यक्ष डीके ढुङ्गानाले राम्रो नतीजाका लागि सबैभन्दा पहिला कक्षाकोठा कसरी सुधार्नुपर्ने बताए । उनले यस विषयमा बहस नै नभएको बताए । ‘शिक्षकलाई राम्रो सम्बोधन हुनुपर्यो । शिक्षक सामुदायिक विद्यालयको होस् कि नीजीको होस्, उसको रोजीरोटीको प्रश्न आउनुपर्यो,’– उनले भने ।

साथै, उनले निजी क्षेत्रको शैक्षिक संस्थाहरु अस्तित्वको लडाइँमै रहेको बताए । कतिखेर निजी क्षेत्रलाई नामेट गर्ने हो भनेर आफूहरुले त्राहिमाम भएर काम गरिरहेको उनले बताए ।

साथै,उनले परीक्षा प्रणालीको प्राविधिक पक्षहरुमा सुधार गर्नुपर्ने आवश्यत्ता औंल्याए । एसईईदेखि कक्षा १२ सम्मको विद्यार्थीहरुको मूल्याङ्कन, प्रश्नपत्र निर्माण र पाठ्यक्रमलगायतका विषयमा गम्भीर त्रुटी रहेको उनले दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्