Logo

अबको शिक्षा संस्कारसहितको प्रविधिमैत्री हुनुपर्छः त्रिभुवन ढकाल



काठमाडौं, २० साउन । कर्णाली अन्तर्राष्ट्रिय शैक्षिक मेलाका संयोजक एवं प्रस्तावित नेपो संगठनका अध्यक्ष त्रिभुवन ढकालले नेपालको भौगोलिक परम्परा र संस्कारअनुसारको शिक्षा विकास गर्नुपर्ने बताएका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको भूगोल सुहाउँदो, संस्कारयुक्त र प्रविधिमैत्री शिक्षाको सुरुवात गरिनुपर्ने बताएका हुन् ।

उनले देशको भूगोल, संस्कार, संस्कृति र विविधतालाई हेरेर पाठ्क्रम बनाइनुपर्ने बताए । धरातलीय आधारमा शिक्षा दिन सकिएन भने देशका शिक्षा अगाडि बढ्न नसक्ने उनले बताए । ‘अब हामीले हाम्रो संस्कार र संस्कृतिको संरक्षण गर्दै शिक्षा दिनुपर्छ र प्रविधिमैत्री पनि हुनुपर्छ भन्ने कुराको जोडतोडले उठान हुनुपर्छ । यसमा सबै शैक्षिक सरोकारवालाले चर्को आवाज उठाउन पर्छ,’– उनले भने ।

प्रस्तावित नोपो एशोसिएशनले पनि यो कुरामा निरन्तर आवाज उठाइरहेको उनले बताए । उनले आगामी भदौको पहिलो हप्ता कर्णाली अन्तर्राष्ट्रिय शैक्षिक महोत्सव हुने पनि जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस्