Logo

प्रधानमन्त्री नपाएसम्म रास्वपा सरकारमा जाँदैनः तोसिमा कार्की (भिडिओसहित)



काठमाडौं, २१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ एवं प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले अब ०८४ सम्म अरु दलको पछि लागेर सरकारमा नजाने बताएकी छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले रास्वपाको नेतृत्वमा सरकार बन्ने परिस्थिति बनेमा मात्रै ०८४ को निर्वाचन अघि सरकारमा सहभागी हुने बताएकी हुन् ।

‘यही परिस्थितिमा, यसरी कामै गर्न नदिने स्थितिमा हामी सरकारमा जाँदैनौं । हामीलाई आम नागरिकहरुले अब नयाँ युगका नयाँ पुस्ताले, पढेलेखेका मानिसहरुले, विज्ञले जसले जनतालाई बुझ्नुहुन्छ, उहाँहरुले नेतृत्व लिनुपर्छ भन्नुभएको छ । हामी बलियो प्रतिपक्षीको भूमिका निभाउँछौं । हाम्रो नेतृत्वको सरकार बन्ने स्थिति आएछ भने नागरिकहरुले साँच्चै नै त्यसलाई स्वागत नै गर्नुहुन्छ,’– उनले भनिन् ।

साथै, उनले रास्वपाले संघीयता स्वीकार गरेको उनले बताईन् । तर भद्दा, निकै खर्चिलो र भड्किलो प्रदेशको संरचना सुधार गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले आफूहरु सुधारिएको संरचनाको पक्षमा रहेको बताईन् ।



प्रतिक्रिया दिनुहोस्