Logo

दुई ठूला दल एकै ठाउँमा बस्नु अस्वभाविक र अप्राकृतिक छः कांग्रेस नेता गौतम (भिडिओसहित)



काठमाडौं, २१ साउन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य सञ्जयकुमार गौतमले दुई ठूला दल मिलेर सरकार बन्नु अस्वभाविक र अप्राकृतिक रहेको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बसहमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेस–एमाले मिलेर सरकार बनाउनु अस्वभाविक र अप्राकृतिक भएपनि यो विशिष्ट परिस्थितिमा बनेको बताएका हुन् ।

उनले अब यो सरकारले अरु राजनीतिक दलहरुलाई पनि विश्वासमा लिएर राष्ट्रिय सहमतिको सरकारको वातावरण तय गर्नुपर्ने उनको भनाइ छ ।

‘ठूला दुई पार्टी एकै ठाउँमा बस्नु अस्वभाविक र अप्राकृतिक पनि छ । तर, विशिष्ट परिस्थितिमा यो निर्माण भयो । यो आवश्यक थियो र निर्माण भयो । यसलाई विस्तारै अरु राजनीतिक दलहरुसँग पनि समझदारी निर्माण गरेर राष्ट्रिय सरकारको वातावरण बनाउँदै जानुपर्ने हुन्छ,’– उनले भने ।

साथै, कांग्रेस–एमालेसहितको गठबन्धन सरकारलाई गल्ती गर्ने, बद्मासी गर्ने र असमझदारी विकसित गर्ने छुट नरहेको उनको भनाइ छ । उनले कांग्रेस र एमालेको गठबन्धन बीचमा भत्कियो, उत्तारचढाव आयो र समझदारी बन्न सकेन भने मूलुकले नराम्रो परिणाम भोग्नुपर्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्