Logo

दलित समुदायलाई बञ्चित गरेर सरकारले संविधानको मुलभूत आशयलाई लत्यायोः सन्तोष परियार



काठमाडौं, २१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य सन्तोष परियारले कांग्रेस–एमाले गठबन्धन सरकारले संविधानलाई नै नमानेको भन्दै आपत्ति जनाएका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले कूल जनसंख्याको १४ प्रतिशत रहेको हाराहारीमा रहेको दलित समुदायलाई संवैधानिक हकबाट सञ्चित गराएको बताएका हुन् ।

‘संविधानको मुलभूत आशयलाई अहिलेका राजनीतिक दलहरुले लत्याइरहेका छन् । संविधान आफैंले काम गर्ने होईन, संविधान एउटा सामाजिक करार हो । त्यो करारअनुसार राजनीतिक पार्टी र व्यवस्था चल्नुपर्छ । तर, राजनीतिक दलहरुले आज त्यो सामाजिक करारलाई मानिरहेका छैनन् । १४ प्रतिशत लगभग रहेको दलित समुदायलाई सबैतिरबाट बञ्चित गर्ने तपाईँहरुको यो कस्तो राजनीतिक प्रवृत्ति हो ?’ उनले प्रश्न गरे ।

कांग्रेस–एमाले गठबन्धन सरकारले संविधान नमानेको र संविधान र व्यवस्थाअनुसार आफ्नो प्रवृत्ति नबनाएको उनको आरोप छ । नेता परियारले आफ्नो प्रवृत्तिअनुसार सरकारले व्यवस्था परिवर्तन गर्न खोजेको आरोप लगाए । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले समावेशितालाई नबुझेको कुरामा भत्र्सना गर्ने पनि उनले बताए । सरकारका सबै निकायहरुमा समावेशितालाई प्राथमिकतामा राख्नुपर्ने उनको माग छ ।



प्रतिक्रिया दिनुहोस्