Logo

पशुपतिमा यूट्युबर कुटिएको भन्दै रास्वपाले गरायो सरकारको ध्यानाकर्षण



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पशुपति मन्दिर परिसरमा जारी कोटिहोमबारे प्रश्न गर्दा पत्रकार (युट्युबर) कुटिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै पूर्व शिक्षामन्त्री समेत रहेका खनालले कोटिहोमको आर्थिक पारदर्शितामाथि प्रश्न उठाउँदा प्रिन्स मिश्र कुटिएको बताएका छन् । उनले यसबारेमा सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

उनले भने ‘पवित्र पशुपतिनाथ क्षेत्रमा भइरहेको कोटीहोममा प्रश्न सोधेकै भरमा केही लठैतहरूले पत्रकारलाई मरणासन्न हुने गरी कुटपिट गरे । तर गृह प्रशासन मौन छ । वाक स्वतन्त्रता र नागरिक सुरक्षाको ग्यारेन्टी कसले लिने ?’

‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवं एक सय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ नाम दिइएको महायज्ञ साउन १ देखि जारी छ । मानव सेवा फाउन्डेसनको नाममा लगाइएको कोटीहोममा भक्तजनले दिएको भन्दाको व्यापक दुरुपयोग भएको र हिसाब लुकाइएको भन्दै आलोचना भएको छ ।



प्रतिक्रिया दिनुहोस्