काठमाडौं, २१ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय विभागका प्रमुखहरु मनोनयन गरेका छन् । आज (सोमबार) उनले विभिन्न ३७ वटा विभागका प्रमुखहरु मनोनयन गरेका हुन् ।
कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम उनले विभागका प्रमुखहरु मनोनयन गरेका छन् । जसअन्र्तगत राज्य प्रशासन विभागमा गोविन्द भट्टराई, स्थानीय तह समन्वय विभागमा मधु आचार्य, अभिलेख, अनुगमन तथा मूल्याङ्कन विभागमा मानबहादुर विश्वकर्मा मनोनित भएका छन् ।
त्यसैगरी, संघीय मामिला समन्वय विभागमा चन्द्रबहादुर केसी, संसदीय मामिला विभागमा गोविन्दबहादुर शाह, कानून विभाग मानबहादुर नेपाली, विद्यार्थी विभागमा राजीव ढुंगाना मनोनित भएका छन् ।
मनोनित हुने विभाग प्रमुखरु
राज्य प्रशासन विभाग: गोविन्द भट्टराई
स्थानीय तह समन्वय: विभाग मधु आचार्य
अभिलेख, अनुगमन तथा मूल्याङ्कन विभाग: मानबहादुर विश्वकर्मा
संघीय मामिला समन्वय विभाग:चन्द्रबहादुर केसी
संसदीय मामिला विभाग: गोविन्दबहादुर शाह
कानून विभाग : मानबहादुर नेपाली
विद्यार्थी विभाग : राजीव ढुंगाना
पेशागत तथा वुद्धिजीवी विभाग : डा.डिला संग्रौला
शिक्षा विभाग : नैनसिंह महर
स्वास्थ्य विभाग : डा.चन्द्रमोहन यादव
निर्माण व्यवसाय समन्वय विभाग :मदनबहादुर अमात्य
सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभाग : शिवप्रसाद हुमागाँइ
कृषि तथा किसान विभाग : उमेश श्रेष्ठ
खेलकूद विभाग : उमेशजंग रायमाझी
प्राकृतिक स्रोत विभाग :तारामान गुरुङ
साहित्य, कला तथा संस्कृति विभाग : विद्यादेवी तिमिल्सीना
दलित समुदाय समन्वय र सशक्तिकरण विभाग : लक्ष्मी परियार
द्वन्द व्यवस्थापन तथा मेलमिलाप विभाग : कृष्णकिशोर घिमिरे
मुस्लिम विभाग : मैकुलाल वाल्मिकी
वित्तिय संस्था समन्वय विभाग : कर्णबहादुर बुढा
विज्ञान तथा सूचना प्रविधि विभाग : सुशीला मिश्र भट्ट
भूपू सैनिक विभाग : महेन्द्र कुमारी लिम्बू
आर्थिक नीति तथा योजना विभाग : प्रा.डा. गोविन्दराज पोखरेल
शुभेच्छुक संस्था समन्वय विभाग : अब्दुल सत्तार
श्रमिक तथा ट्रेड युनियन विभाग : हरिशरण नेपाली
भूमि व्यवस्था तथा भूमिहिन, अव्यवस्थित बसोबास समन्वय विभाग : नृपबहादुर वड
मानव अधिकार विभाग : धना खतिवडा
वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग : कल्याणकुमार गुरुङ
ऊर्जा तथा जलस्रोत विभाग : अनिलकुमार रुंगटा
बालबालिका तथा किशोर–किशोरी समन्वय विभाग : डा. जीवन राना
नागरिक सम्बन्ध तथा समस्या सम्बोधन समन्वय विभाग : लक्ष्मी खतिवडा
व्यवसायिक सिप विकास विभाग :गंगालक्ष्मी अवाल
विपन्न उत्थान समन्वय विभाग :डा.गोपाल दहित
सामाजिक संघ संस्था समन्वय विभाग :अर्जुनप्रसाद जोशी
पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभाग : अजयवावु शिवाकोटी
धर्म–संस्कृति समन्वय विभाग : ध्यानगोविन्द रञ्जित
पूर्व आप्रवासी समन्वय विभाग : दिनेश कोइराला