काठमाडौं, २१ साउन । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि सञ्चारकर्मीेहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रदेशबासीलाई निराश बनाउने काम कहिले पनि नगर्ने बताए । आफ्नो बुद्धि, विवेकले भ्याएसम्म प्रदेशबासीका लागि काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
मुख्यमन्त्री शाहले समग्र सुदूरपश्चिमको विकासका लागि सल्लाह, सुझाव दिन पनि आह्वान गरे । उनले प्रदेशमा सुशासन कायम गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा शून्य सहनशीलताको नीति अपनाएर अगाडि बढ्ने उनले बताए ।