Logo

बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी सुरक्षित छैनन्ः डा. नविन यादव (भिडिओसहित)



काठमाडौं, २२ साउन । नेप्लिज मेडिकल स्टुडेन्ट्स एशोसिएशन बंगलादेशका अध्यक्ष डा. नवीन यादवले बंगलादेशमा अध्ययनरत नेपाली विद्याथीहरु असुरक्षित रहेको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपाली विद्यार्थीहरु बसेको होटलमा पनि हिजो आक्रमण भएको बताए ।

‘त्यहाँ नेपाली विद्यार्थीहरु समस्यामा छन् । होस्टलमा कुन बेला आक्रमण हुने हो भन्ने अन्यौलता छ । हिजो नेपाली विद्यार्थीहरुको होस्टलमा आक्रमण भयो । उहाँहरु आत्तिँदै, रुँदै फोन गरिराख्नुभएको थियो,’– उनले भने ।

साथै, उनले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई १ वर्षको इन्टर्नसीप नेपालमै गर्न पाउने व्यवस्था गर्नुपर्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्