Logo

सार्वजनिक लेखा समितिको सभापति माओवादीलाई दिन प्रचण्डको माग, जबरजस्ती गरे दुर्भाग्य हुने चेतावनी



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को सार्वजनिक लेखा समितिको सभापति नेकपा माओवादीले पाउनुपर्ने बताएका छन् ।

मंगलबार पार्टीको कोशी प्रदेशको सातौं पूर्ण बैठकलाई सम्बोधन गर्न विराटगर पुगेका पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले संसदीय मान्यतालाई ख्याल राखेर लेखा समिति प्रमुख प्रतिपक्षीलाई दिनुपर्ने बताएका हुन् । उनले माओवादी सार्वजनिक लेखा समितिको दावेदार रहेको पनि बताए । यसलाई सरकारले गम्भीरतापूर्वक लिन आवश्यक रहेको उनले बताए । सरकारले गम्भीरताका साथ नलिई जबरजस्ती बहुमतमा पेल्छु भन्यो भने दुर्भाग्य हुने उनको चेतावनी छ ।

‘हामीलाई लेखा समितिको सभापति दिनु नै पर्छ । यसलाई सरकारले गम्भीरतापूर्वक लिओस् । सरकारले गम्भीरताका साथ नलिई जबरजस्ती बहुमतमा पेल्छु भन्यो भने त्यो दुर्भाग्य हुन्छ । ’ उनले भने ।


हाल सार्वजनिक लेखा समितिको सभापति ऋषिकेश पोखरेल छन् । उनी नेकपा एमालेका सांसद हुन् । तत्कालीन अवस्थामा प्रमुख प्रतिपक्षी रहेको एमाले हाल प्रमुख सत्तारुढ दल बनेको छ । एमाले प्रतिपक्षीमा रहँदा लेखा समिति सभापति पाएको र अहिले पनि आफ्नो दलले पाउनुपर्ने माओवादीको माग छ ।



प्रतिक्रिया दिनुहोस्