Logo

गुल्मी पहिरो अपडेट: मृतकको संख्या ४ पुग्यो, २ जना घाइते



काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका- १ स्थित बिसौनामा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ । पहिरोले दुई वटा घर पुर्दा चार जनाको ज्यान गएको हो ।

प्रहरीका अनुसार उक्त घटनामा परी दुई जना घाइते भएका छन् । मंगलबार बिहान घरमाथिबाट आएको पहिरोले घर पुरिँदा यो घटना भएको हो । गए रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो गएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पहिरोमा परी ४८ वर्षीय गोरे विक, ६७ वर्षीय हुकुम विक, ६६ वर्षीया मसुरी विक र साढे २ वर्षीया रियन्सा विकको मृत्यु भएको हो । त्यस्तै मुना विक र विष्णु विक घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको प्रहरीको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्