Logo

कोशी प्रदेशको बैठकमा प्रचण्डको ब्रिफिङः ‘सुशासनको अडान लिएपछि एमाले धर्मरायो, सरकार ढालियो’



काठमाडौं, २२ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले सुशासनको अडानमा अलिकति बढी नै अडान लिँदा सरकार ढालिएको बताएका छन् । कोशी प्रदेशको सातौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सुशासनको पक्षमा अडान लिँदा एमाले धर्मराएको र त्यसको परिणामस्वरुप सरकार ढालिएको बताएका हुन् ।

माओवादी केन्द्र कोशी प्रदेश समितिका अध्यक्ष हर्कबहादुर नेम्बाङका अनुसार प्रचण्डले सरकार ढल्नुको अर्को कारण धितो पत्र बोर्डको अध्यक्ष नियुक्ति रहेको पनि बताएका थिए । एमालेले पैसाको चलखेल गरेर ल्याएको मान्छेलाई नियुक्ति गर्न नमान्दा एमाले बिच्किएको प्रचण्डको भनाइ थियो ।

‘सुशासनको सन्दर्भमा हामीले लिएको कदममा एमालेको सुरुदेखि नै अप्जेक्सन थियो । हामीले अलिकति बढी अडान लिएपछि एमाले धर्मरायो भन्ने उहाँ (प्रचण्ड) को जोड थियो । त्यसमा पनि धितोपत्र बोर्डको अध्यक्ष चयनको विषयमा उहाँहरुले अडान लिनुभयो, त्यहाँ आर्थिक चलखेलको विषय थियो । हामीले त्यसरी जान दिएनौं,’– प्रचण्डको भनाइ उद्धृत गर्दै रिपोर्टर्स नेपालसँगको संक्षिप्त कुराकानीमा नेम्वाङले भने ।



प्रतिक्रिया दिनुहोस्