Logo

एमालेका प्रदेश अध्यक्षहरुको हैसियत पदेन केन्द्रीय सदस्यमा सीमित, मिसन-८४ तिर केन्द्रीत हुन निर्देशन (पूर्णपाठसहित)



काठमाडौं, २४ साउन । नेकपा (एमाले) ले प्रदेश अध्यक्षहरुको हैसियत घटुवा गरेर पदेन केन्द्रीय सदस्यमा सीमित गरेको छ । यसअघि एमाले प्रदेश अध्यक्षहरु पोलिटव्युरो सदस्य सरहको हैसियतमा थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशिका–१० (अपानि) मा प्रदेश अध्यक्षहरुको हैसियत घटुवा गरिएको छ ।

त्यस्तै, एमालेले अब मिसन–८४ लाई मध्यनजर गर्दै तीनै तहका जनप्रतिधिको कामलाई योजनाबद्ध रूपमा अधि बढाउन अपानिमार्फत भनेको छ । राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठकले पार्टीलाई बलियो र निर्णायक शक्तिका रूपमा स्थापित गर्ने संकल्प गरेको उल्लेख गर्दै पार्टीको समग्र कामलाई पनि सोही उद्देश्यअनुरूप अघि बढाउन भनिएको छ ।

साथै, अपानिमा सरकार गठन र सञ्चालनका सन्दर्भमा एमाले र कांग्रेसबीच भएको सहमतिलाई समेत उल्लेख गरिएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्