Logo

नेपालले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याएको खण्डमा विश्वमा नै अनुकरणीय हुनेछः सभापति देउवा



काठमाडौं, २३ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याएको खण्डमा विश्वलाई नै अनुकरणीय हुने बताएका छन् । आज (बुधबार) कार्यदलमा सहमति जुटेको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा सहभागी भएका देउवाले यस्तो बताएका हुन् । ‘नेपाले यसलाई टुङ्गोमा पुर्याएको खण्डमा संसारमा नै यो अत्यन्तै अनुकरणीय हुनेछ,’– उनले भने ।

टीआरसी विधेयकका सन्दर्भमा राजनीतिक दलहरुबीच लामो समयदेखि सहमति जुट्न सकिरहेको थिएन । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विवादित विषयमा सहमति खोज्नका लागि नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा, नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला र नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक (हाल गृहमन्त्री) रमेश लेखकसहितको तीन सदस्यीय कार्यदल बनाएका थिए ।

उक्त कार्यदलले विवादित विषयमा सहमति जुटाएर प्रतिवेदन तयार पारी आज हस्तान्तरण गरको हो । File Photo/RN



प्रतिक्रिया दिनुहोस्