Logo

नुवाकोटमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना



काठमाडौं, २३ साउन । नुवाकोटको शिवपुरी गाउँपालिका–७ मा हेलिकोप्टर दुर्घटना भएको छ ।

त्रिभुवन विमानस्थल स्रोतका अनुसार हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो । हेलिकप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानमा दुर्घटना भएको बताइएको छ ।

दुर्घटनास्थलमा चार वटा शव फेला परेको बताइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार उक्त हेलिकोप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए ।

थप विवरण आउन बाँकी छ…



प्रतिक्रिया दिनुहोस्