Logo

दुर्घटनाग्रस्त हेलिकोप्टरमा पाँच जना सवार रहेको पुष्टि, चारको शव फेला (नामसहित)



काठमाडौं, २३ साउन । नुवाकोटको शिवपुरी गाउँपालिका–७ मा दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकोप्टरमा पाँच जना सवार रहेको पुष्टि भएको छ । आज (बुधबार) काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन एजेडी एयर डाइनेस्टीको हेलिकोप्टर नुवाकोटमा दुर्घटना भएको हो ।

उक्त हेलिकोप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकोप्टरमा चार जना चिनियाँ नागरिक रहेको बताइएको छ । उक्त हेलिकोप्टरमा चिनियाँ नागरिकहरु जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) सवार थिए । घटनास्थलमा दुई पुरुष र एक महिला र अर्को एक जना चिन्न नसक्ने अवस्थामा गरी ४ जनाको शव भेटिइएको छ ।



प्रतिक्रिया दिनुहोस्