काठमाडौं, २३ साउन । सरकारले हेलिकप्टर दुर्घटना छानविनका लागि नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । नुवाकोटको शिवपुरी गाउँपालिका– ७ मा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो ।
उक्त दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट थापाको संयोजकत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । समितिको सदस्यमा तनुजा पोखरेल र विष्णु बस्नेत सदस्य रहेका छन् । उक्त समितिलाई प्रतिवेदन पेश गर्न ३० दिनको समय दिइएको छ । File Photo/RN