काठमाडौं, २३ साउन । आम जनता पार्टी (आजपा) मधेस प्रदेश कमिटीले प्रदेश सरकारले अनावश्यक रुपमा मन्त्रीहरु नियुक्त गरेको भन्दै आपत्ति जनाएको छ । आजपा मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहाले सानो प्रदेशमा यति ठूलो मन्त्रिमण्डलको गठन आवश्यकता नरहेको बताए । उनले मधेसको बिकास बजेट लुटने प्रपञ्च भइरहेको टिप्पणी गसरे । ८ जिल्ला रहेको सानो भूगोलको प्रदेशमा १२ मन्त्रालय र २० मन्त्रीको आवश्यक्ता किन पर्यो ? भन्दै उनले प्रश्न उठाए ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिष कुमार सिंहले हिजो ५ राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्को संख्या २० पुर्याएका थिए । ‘देशमा सुशासन, विकास र स्थायित्वको लागि एमाले र कांग्रेस गठबन्धन बनेको बताईरहदा मधेस प्रदेशमा ठीक उल्टो २० सदस्यीय मन्त्रीमण्डल बिस्तार भएकोछ । देशको सबभन्दा सानो प्रदेशमा यति ठुलो मन्त्रीमण्डलको गठन आवश्यकता हो कि मधेशको बिकास बजेट लुटने प्रपञ्च हो ?’ कुशवाहाले प्रश्न गरे ।
मधेस प्रदेशमा दलित, गरिबहरुले घर बनाएको पैसासमेत सरकारले दिन नसकिरहे, प्रदेशमा विद्यार्थीको अनुपातमा विषयगत र तहगत शिक्षकको अभाव रहेको र शिक्षा तथा स्वास्थय सेवाको स्तर खस्किरहेको अवस्थामा प्रदेश सरकार मन्त्री नियुक्त, विस्तार, भागबण्डा, भ्रष्टाचार र अनियमितताको खेलमा लागेको आजपाको आरोप छ ।
‘आठ वटा जिल्ला मात्र भएको प्रदेशमा २० वटा मन्त्रीको रेकर्डले के मधेशको नाम बढ़ाउने छ कि बदनाम गर्नेछ रु सिके राउत संग सोधन चाहन्छु । आज मधेशमा दलित र गरिबहरु घर बनेको पैसा सरकारले दिन सकिरहेको छैन, विद्यार्थीको अनुपात शिक्षक छैन, शिक्षा र स्वास्थ्यको स्तर खस्कीदोछ, उधोग व्यापार चौपट छ, युवाले रोजÞगार पाएको छैन, सिंगै मधेश मानव बिकास सूचकांकमा पछाडी छ । यस्तो अवस्थामा अनावश्यक मन्त्रीमण्डल बिस्तार कुनै पनी हिसाबले सही छैन । यस विषयमा गठबन्धनका नेताहरुले समयमा ध्यान देओस, नत्र जनता चुप लागेर बस्दैन,’– उनले भने । File Photo/RN