Logo

पर्यटनमन्त्री पाण्डेद्वारा हेलिकोप्टर दुर्घटना स्थलको स्थलगत निरीक्षण



काठमाडौं, २४ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले हेलिकप्टर दुर्घटना स्थलको निरीक्षण गरेका छन् । आज (बिहीबार) विहान नुवाकोटको शिवपुरी गाउँपालिका– ७ सूर्यचौर पुगेर मन्त्री पाण्डेले दुर्घटना स्थलको स्थलगत निरीक्षण गरेका हुन् ।

हिजो नुवाकोटको शिवपुरी गाउँपालिका– ७ सूर्यचौरमा एयर डाइनेष्टिको ९ एन एजेडी कलसाइनको हेलिकप्टर दुर्घटना भएको थियो । सो दुर्घटनामा पाइलट अरुण मल्लसहित चारजना चिनियाँ नागरिकको मृत्यु भएको थियो ।

निरीक्षणका क्रममा दुर्घटना स्थलमा पुगेका मन्त्री पाण्डेसँग मन्त्रालयका सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पदाधिकारी, सुरक्षा निकायका प्रतिनिधि र नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सहभागी थिए ।

मन्त्री पाण्डेले १५ दिनको अवधिमा दुईवटा हवाई दुर्घटना हुनु दुर्भाग्यपूर्ण रहेको बताए । उनले हवाई सुरक्षालाई उच्चतम प्राथिमकतामा राखेर आजैदेखि तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थालनी गरिने पनि प्रतिवद्धता व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्