Logo

मन्त्रिपरिषद् बैठकको निर्णय: सरुवा बढुवादेखि खारेजीसम्म (पूर्णपाठसहित)



काठमाडौं, २४ साउन । गत साउन २२ र २३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरिएको छ । सरकारका प्रवक्त एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्ब गुरुङले साउन २२ गतेको बैठकको १३ वटा र २३ गते बसेको बैठकको १ वटा गरी जम्मा १४ वटा निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटालाई कानुन, न्याय तथा संसददीय मामिला मन्त्रालयको सचिव र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणीन्द्र गौतमलाई प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा सरुवा गरेको छ ।

मन्त्रिपरिषद्ले एसियाली विकास बैंकको २० मिलयन अनुदान तथा १० मिलियन अमेरिकी डलर ऋण सहायत स्वीकार गर्ने सन्दर्भमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । त्यस्तै, बेलायत सरकारबाट प्राप्त हुने ६ खर्ब ५८ करोड अनुदान सहायता सम्बन्धी समझदारी पत्र स्वीकृत भएको छ ।

त्यस्तै, उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीश श्यामजी प्रधानलाई राजश्व न्यायाधिकरण नेपालगञ्जको कानुन सदस्य एवं अध्यक्षको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, नेपाली सेनाका एक जना सहायक रथीलाई उपरथी पदमा, चार जना महासेनानीलाई सहायक रथी पदमा, एक जना प्रमुख सेनानीलाई महासेनानी पदमा र एक जना आक्टिङ महासेनानीलाई महासेनानी पदमा बढुवा गर्ने निर्णय पनि भएको छ ।



प्रतिक्रिया दिनुहोस्