Logo

विद्युत प्राधिकरणका सहायक लेखापाल चतुर्वेदीविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं, २४ साउन । नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रमा सहायक लेखापाल सुधिर कुमार चतुर्वेदीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । उनले झुट्टा तथा नक्कली शैक्षिक योग्यताका प्रमाण–पत्रहरु पेश गरी ओहोदा, लाभ र सुविधा प्राप्त गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चतुर्वेदीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

चतुर्वेदीले विहार संस्कृत शिक्षा बोर्डबाट मध्यमा (हाइस्कूल) तहको द्धितीय श्रेणीमा उत्तिर्ण गरेको लब्धाङ्क पत्र, अस्थायी प्रमाणपत्र, श्री जगनाथ शाह संस्कृत प्रा.सह माध्यमिक विद्यालय, कौडिहार चौक महाविर नगर, रक्सौल पूर्वी चम्पारण (विहार) बाट जारी आचरण प्रमाण–पत्र र विद्यालय परित्यागसमेतको झुठा कागजात बनाएको अख्तियारले आरोप पत्रमा उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्