Logo

लोभीपापीहरुले पार्टी छाडेर गए, एक प्रतिशत पनि कार्यकर्ता हल्लिएका छैनन्, मैला कचडा सफा भयोः उपेन्द्र यादव (भिडिओसहित)



काठमाडौं, २५ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी फुटाइएको बताएका छन् । हिजो (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कुनै मिसन, वैचारिक र सैद्धान्तिक अवधारणा नभएकाहरुले सीमित स्वार्थ पूरा गर्न पार्टी छाडेको उनको भनाइ छ । जसपा नेपालबाट फुटेर गएका अशोक राईलगातलाई उनले लोभिपापीको संज्ञा दिए । उनीहरु पार्टी छाडेर जाँदा एक प्रतिशत कार्यकर्ताहरु पनि नहल्लिएको उनको दाबी छ । नेता यादवले अशोक राईलगायत फुटेर जाँदा कार्यकर्ताहरुले पार्टीभित्रको मैला कचडाहरु सफा भयो भनेर झन उत्साहित भएको उनले सुनाए ।

‘हाम्रो पार्टी फुटेको होईन, फुटाइएको हो । केही अतृप्त आत्मा र लोभी पापीहरु पद र पैसाका लागि गएका हुन् । त्यति न हो, एक प्रतिशत कार्यकर्ता पनि हल्लिएका छैनन् । कुनै संगठन पनि गएको छैन । झन लोभी पापीहरु गए, मैला कचडाहरु साफ भयो भनेर उत्साहित भइराखेका छन्,’– उनले भने ।

साथै, वर्तमान संविधानले मुलुकलाई धान्न नसक्ने उनको टिप्पणी छ । उनले मुलुकमा देखिएका विद्यामान समस्याहरुको समाधान वर्तमान संवैधानिक उपायबाट हुन नसक्ने उनको भनाइ छ । नेता यादवले वर्तमान संविधान त्रुटीपूर्ण रहेको बताउँदै संशोधन या पुनर्लेखन गर्नुपर्ने बताए ।

साथै, मधेश प्रदेश सरकारमा संघीयता विरोधीहरुले २० जना मन्त्री बनाएको उनको टिप्पणी छ । संघीयताप्रति जनतमा अझै वितृष्णा पैदा गराउन उनीहरुले भूमिका खेलिरहेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्