Logo

हवाई क्षेत्रको सुरक्षाबारे सुझाव दिँदै सुमनाले भनिन्: बद्री-खड्गप्रसादको दृढ प्रतिबद्धता चाहिन्छ



काठमाडौं,२५ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले हवाई सुरक्षाबारे सुझाव पेश गरेकी छन् । संस्कृति पर्यटनमन्त्री तथा नागरिक उड्डयनमन्त्री वद्रीप्रसाद पाण्डेले मागेको सुझावमा आफ्नो धारणा राख्दै पूर्व शिक्षामन्त्रीसमेत रहेकी श्रेष्ठले मन्त्री पाण्डे र प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबद्धता जनाएमा हवाई क्षेत्र सुध्रिने बताएकी छन् ।

सुझाव सार्वजनिक गर्दै सामाजिक सञ्जालबाट उनले भनेकी छन्, ‘दिइएको आधिकारिक ईमेलमा हामीले यी सुझावाहरु बुझाएका छौँ। यथाशीघ्र कार्यान्वयनमा लैजानुहुनेछ भन्ने अपेक्षा राखेकी छु।’साथै, उनले यसका लागि संसद्का दुई ठूला दल मिलेर बनेको सरकारका प्रधानमन्त्री र पर्यटनमन्त्रीको दृढ प्रतिबद्धता र इमानदार प्रयत्न चाहिने बताएकी छिन्।

‘तर यसका लागि सबैभन्दा महत्त्वपूर्ण भनेको सदनका दुई ठूला दल मिलेर बनेको दुईतिहाइ विश्वास प्राप्त शक्तिशाली सरकारका सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीज्यू र माननीय मन्त्री बद्रीप्रसाद पाण्डेज्यूको दृढ प्रतिबद्धता र इमानदार प्रयत्न चाहिन्छ। आशा छ अब भने जनतालाई निराश बनाउनु हुनेछैन,’ उनले भनेकी छिन्।



प्रतिक्रिया दिनुहोस्