Logo

काठमाडौंमा उत्साहपूर्वक मनाइयो विश्व आदिवासी दिवस (फोटोफिचर)



काठमाडौं, २५ साउन । ३०औं अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा काठमाडौंमा विभिन्न आदिवासी जनजातिहरुले र्‍याली निकालेका छन् । आदिवासी तथा जनजातिका विभिन्न संस्थाहरूले आफ्नो परम्परा र संस्कृति झल्कने पहिरन लगाएर बाजागाजा र नाचगानसहित र्‍याली निकालेका हुन् ।

र्‍यालीमा राष्ट्रिय आदिवासी जनजाति महासंघ, आदिवासी जनजाति महिला महासंघ, किरात राई यायोक्खा, तमुवान, भोटे जनजाति सेवा संघलगायतका संघ÷संस्थाहरुको सहभागिता रहेको थियो ।

संयुक्त राष्ट्रसङ्घले मानवीय सम्मान र स्वतन्त्रताको आकाश फराकिलो पार्ने क्रममा सन् १९९३ लाई विश्व आदिवासी वर्ष घोषणा गरेको थियो । सन् १९९४ देखि अगस्त ९ लाई विश्व आदिवासी दिवस घोषणासहित मनाउन सुरु गरिएको हो । त्यसयता अगस्त ९ लाई विश्व आदिवासी उत्सवमय बनाउन थालिएको छ । नेपाल पनि १४ डिसेम्बर १९५५ मै राष्ट्रसङ्घको सदस्य बनिसकेको हुँदा यो दिवस मनाउने गरिएको छ ।

राष्ट्रसङ्घले सन् २०२४ मा मनाइने ३०औं विश्व आदिवासी दिवसका निम्ति ‘स्वेच्छिक रूपमा अलग बसिरहेका र भर्खरै सम्पर्कमा आएका आदिवासीहरूको अधिकार संरक्षण’ नारा तय गरेको छ । फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्