Logo

जबरजस्ती करणीलाई वर्गीकरण गर्नुपर्नेमा कानुनमन्त्रीको जोड, औंल्याए कानुन सुधारको आवश्यक्ता



काठमाडौं, २५ साउन । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जबरजस्ती करणीलाई बर्गीकरण गर्नुपर्ने धारणा राखेका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाअन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले यस्तो धारणा राखेका हुन् । उनले दुई जना केटाकेटी कहीँ कतै जाँदा एउटै भर्सन हुने र फर्किएपछि अनेक किसिमका मुद्दा लगाउने गरिएको बताए ।

‘जबरजस्ती करणीको सम्बन्धमा क्याट्गोरी छुट्याइकन, कम उमेरका कही जान्छन्, जाँदासम्म केटा र केटीको मन मिलेको हुन्छ, एउटै भर्सन हुन्छ । पछि घरमा आएपछि केटीको मन चेन्ज हुन्छ । आमाबुबातिर पनि हेर्छ, परिवारको मान प्रतिष्ठाको पनि कुरा आउँछ । अनि अनेक किसिमका मुद्दाहरु पनि लाग्ने गरेका छन् । त्यो कानुनमा सुधार गर्नुपर्छ,’– मन्त्री चौरासियाले भने ।

साथै, उनले अहिले कारागारमा पनि विभिन्न प्रकारका समस्या विद्यामान रहेको बताए । उनले राष्ट्रले धान्नसक्ने संशाधनभित्र रहेर बाल सुधार गृह र कारागारको सम्बन्धमा सांसदहरुसँग सुझाव मागे ।



प्रतिक्रिया दिनुहोस्