Logo

महामन्त्री शर्माको चेतावनीः कांग्रेस र एमालेबीच रहेका विमतिलाई छोप्न खोजियो भने सरकार दुर्घटनामा पर्छ



काठमाडौं, २६ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस र एमालेबीच रहेका विमत्तिलाई जबरजस्ती छोप्न खोजिएको खण्डमा दुर्घटना हुने चेतावनी दिएका छन् । आज (शनिबार) काठमाडौंमा नेपाल निजामति कर्मचारी युनियनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विमतिका विषयमा सरकारसँग चुपलागेर बस्न नसकिने बताएका हुन् । उनले विमतिका विषयलाई बुझ्नुपर्ने र सहजतापूर्वक लिनुपर्ने बताए ।

‘कांग्रेस र एमालेका बीचमा भएका विमतिका विषयवस्तुहरुलाई हामीले तिलाञ्जली दियौं, हामीले जबरजस्ती छोप्न खोज्यौँ भने दुर्घटना हुन्छ । हामीले गर्ने के हो भने यसलाई सहजतापूर्वक लिने हो । एमालेको हामीसँगका विमतिलाई हामीले बुझ्नुपर्छ,’– महामन्त्री शर्माले भने ।

चुप लागेर बस्नका लागि वर्तमान सत्ता गठबन्धन नबनेको महामन्त्री शर्माको भनाइ छ । उनले कार्पेटमुनि धुलो छोपेर माथिबाट अत्तर छर्केर जान नसकिने बताए । उनले सरकारको गतिविधि, काममा, संयमतामा वर्तमान सरकारको भविष्य रहेको बताए । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अप्ठ्यारो पर्ला भनेर कांग्रेसले विगतमा रहेका विमतिलाई उठाउन नछाड्ने उनको भनाइ छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्